२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

1.4K
Shares

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिको जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको कम्पनी सचिव श्याम बहादुर बोहोराले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मार्फत जानकारी दिएका छन् ।

साथै, बैंकको उक्त बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij