२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा

आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा

1.7K
Shares

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ। अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो।

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ।

मन्त्री पुनले बजेट ब्रिफकेस सेतो रङमा ढाकाको कपडा मिश्रित रहेको छ । यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग गर्दै  आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij