२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युएईमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा साँगीतिक कार्यक्रम आयोजना

युएईमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा साँगीतिक कार्यक्रम आयोजना

480
Shares

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग” शीर्षकमा साँगीतिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । सो अवसरमा  उनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुग्ने बताए ।

साथै उनले सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनि पनि बताए ।

कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।  चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुतीलाई दर्शकले निकै रुचाएका थिए ।

यस्तै, कार्यक्रममा आधुनिक गायिका मिलन नेवार,लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्ती श्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् ।

हाल कम्पनीले दिंदै आएको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो रकम पठाइरहेका छन् । आफ्नो ग्राहक तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै कम्पनीले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा पनि सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij