काठमाडौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ। कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो।
सूचीकरण पश्चात पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको शेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ। यस अनुसार आइतबारदेखि सोही मूल्यका आधारमा लघुवित्तको शेयर कारोबार गर्न सकिनेछ। लघुवित्तलाई नेप्सेले एनएमएलबिबिएल स्टक टिकर प्रदान गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij