काठमाडौं– प्रभु बैंक लिमिटेड र न्यूरो कार्डियो हस्पिटलबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ। न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंकका गोल्छाचोक शाखा प्रमुख प्रशान्तकुमारले एक समारोहका बीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विराटनगर-८, मोरङस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटले अन्तरंग तथा बहिरंग सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।
अस्पतालका विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवामा प्रभु बैंक लिमिटेडका ग्राहक तथा सेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीलाई १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ।
टिकटबाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआइसियू, अर्थोपेडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथल्याब, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरोनेभिगेसनस्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरूमा छुट दिने सहमति भएको हो।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं,
विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij