२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माउन्टेन इनर्जीको साधारण सभा सम्पन्न, लाभांश पारित

माउन्टेन इनर्जीको साधारण सभा सम्पन्न, लाभांश पारित

1.4K
Shares

काठमाडौं– माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । चैत १३ गते कम्पनीको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त सभाबाट गत आवका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित भएको कम्पनीले जनाएको छ ।

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij