काठमाडौं – टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेहका विरामीलाई आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै नगरपालिका भित्र स्थायी बसोबास गर्ने विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वाीथ्य स्वयमसेविका,अति सिमान्तकृत र लोपोन्मुख जनजातिहरुले औषधी सेवनमा एक पटकमा रु पाँच हजार दिने जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसीका अनुसार ५० वर्ष भन्दा माथिका नागरिकले यो सुविधा लिन सक्नेछन् ।
सुचना प्रकाशित भएको ३० दिनभित्र आफू बसोबास गर्ने वडा कार्यालयबाट सिफारिस लिई सोही वडामा रहेको स्वास्थ्य संस्थामा नाम सूचीकृत गरेर सेवा लिन सकिने सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij