काठमाडौं- बिदा स्वीकृत नगराई कार्यालयमा गैरहाजिर भएका २३ जना प्रहरीहरुलाई सात दिनभित्र उपस्थित हुन नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना मार्फत निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले आज (चैत्र १३ गते) एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन आग्रह गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij