काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा रहेको सुन आज भने तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij