२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा क्यापिटल र सामिनमा सेक्युरिटीजको संयुक्त आयोजित पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सानिमा क्यापिटल र सामिनमा सेक्युरिटीजको संयुक्त आयोजित पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

565
Shares

काठमाण्डौ – सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजले संयुक्त आयोजित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। Global Money Week 2024 को अवसरमा सञ्चालन गरिएको कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्धेश्यका कार्यक्रम गरिएको कम्पनीहरुले जनाएका छन् । नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा धापासी, काठमाण्डौ स्थित काठमाण्डौ इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसका इन्जिनियरिङ्ग बिधामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बिच नेपालको पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत सन्जिव पौडेल लगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा रहेको थियो । नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो । अन्त्यमा सहभागि विद्यार्थीहरुका साथै क्याम्पस व्यवस्थापनलाई आवश्यक सहयोगका लागी धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij