काठमाडौं – शेयर बजार मंगलबार उच्च अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज ७०.३१ अंकले घटेको छ। योसँगै नेप्से २००७.६९ को विन्दुमा बन्द भएको छ। बजार घट्दा ३३ कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ। यो दिन २ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।
घटेको बजारमा आज ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज उच्च कारोबार भएका १० कम्पनीमा सोनपुर मिनरल्सः ४१ करोड ९१ लाख रुपैयाँ, शिवम सिमेन्टः २४ करोड ६५ लाख रुपैयाँ, घोराही सिमेन्टः १४ करोड ३१ लाख रुपैयाँ, जोशी हाइड्रोपावरः १३ करोड १९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सः १२ करोड ८१ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावरः ९ करोड ३५ लाख रुपैयाँ,ङादी ग्रुप पावरः ८ करोड ७३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः ८ करोड २६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ६९ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ६ करोड ३८ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij