२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रतन टाटा यी ५ नियम

रतन टाटा यी ५ नियम

1.6K
Shares

रतन टाटा लाखौँका लागि प्रेरणाका स्रोत हुन्। उनका बारेमा नराम्रो सोच्ने मानिस कमै होलान्। टाटालाई सबैले ठूलो मन भएकोको मान्छे भनेर चिन्छन्। यो सामाजिक सञ्जालमा धेरै पटक प्रमाणित भएको छ। टाटा देशका थोरै व्यक्तिमध्ये एक हुन्, जसलाई सबैले सम्मान गर्छन्।

१. आफ्ना कर्मचारीहरुको साथ कहिल्यै नछोड्नुहोस्

रतन टाटा सधैँ आफ्ना कर्मचारीका साथमा उभिन जान्छन्। त्यो कर्मचारी कम्पनीमा जुनसुकै पदमा भए पनि फरक पर्दैन। टाटा भारतमा कर्मचारीलाई मनपर्ने कम्पनीहरुमध्ये एक हो।

टाटा समूह शीर्ष कर्मचारीमैत्री कम्पनीहरुमध्ये एक हो। रतन टाटाको विचारमा जो कम्पनीका कडा परिश्रम गर्छन्, त्यस कर्मचारीप्रति कम्पनी पनि जबाफदेही हुनुपर्छ। एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘व्यावसायिक नेताका रूपमा तपाइँले आफ्ना सेयरहोल्डरहरु र त्यसपछि तपाइँका लागि काम गर्ने मानिसहरुको ख्याल गर्नुपर्छ। तपाइँ सधैँ तिनीहरुका साथमा उभिनुपर्छ।’

२. कर्मचारी कटौती समस्याको समाधान होइन

विश्वव्यापी महामारी र लकडाउनले निजी क्षेत्रका कर्मचारीलाई नराम्ररी असर गरेको छ। लाखौँ मानिस बेरोजगार भए। भारतीय प्रधानमन्त्रीले कम्पनीहरुलाई कर्मचारी नछाड्न आग्रह गरे पनि अधिकांश कम्पनीले घाटाका कारण यस्तो गर्नुपरेको थियो। यद्यपि, रतन टाटाले विश्वास गरे कि तपाइँका लागि काम गर्नेहरुप्रति बफादारी देखाउनु धेरै महत्वपूर्ण छ। उनले व्यवसायीलाई भनेका थिए, ‘के जनतालाई कामबाट निकाल्दा समस्या समाधान हुन्छ ? यो हुने छैन। कम्पनीहरुले ती मानिसलाई सही तरिकाले व्यवहार गर्नुपर्छ, जो उसका लागि काम गर्छ।’

३. आफूलाई अपडेट राख्नुहोस्

कम्पनी होस् वा सानो व्यवसाय, युवापुस्तासँग तालमेल राख्न र सान्दर्भिक रहन महत्वपूर्ण छ। कुनै पनि कम्पनीले युवा प्रतिभाको उपयोग गरेर विकास गर्न सक्छ। रतन टाटा भन्छन्, ‘म युवापुस्ताको उत्साहको कदर गर्छु। उनीहरुको उर्जाले वास्तवमै सबैलाई प्रेरणा दिन्छ र उनीहरुले मलाई राम्रो महसुस गराउँछ। जवानीका साथमा बसेर काम गर्न पाउन आफूलाई कहिल्यै बूढो भएको महसुस हुँदैन।’

४. सहानुभूति प्रकट गर्नुहोस्

तपाइँको कर्मचारी र सहकर्मीसँग समानुभूतिपूर्ण सम्बन्ध हुनु महत्वपूर्ण छ। कर्मचारी खुसी भए नतिजा राम्रो हुन्छ, उत्पादकत्व बढ्छ र नाफा पनि बढ्छ भन्ने टाटाको विश्वास छ। कठोर मालिक र अस्वस्थ कार्य वातावरणका कारण कर्मचारीहरुले आफ्नो काम छोड्छन्। त्यसो भएमा उनीहरुलाई जागिर छाड्न किन बाध्य पार्ने ?

५. एकतामै बल

यदि तपाइँ विश्वास गर्नुहुन्छ कि तपाइँका कर्मचारीहरुले कठिन समयमा थप कडा परिश्रम गर्नुपर्छ तब यो एकदम स्वाभाविक रुपमा आउनुपर्दछ। टाटा मान्छन् कि कम्पनीहरु कठिन समयमा आफ्ना आफ्ना कर्मचारीका साथ उभिनुपर्छ। आपसमा बोझ बाँड्ने उपाय खोज्नुपर्छ। आवश्यकता पर्दा कर्मचारीलाई विश्राम दिनुपर्छ। सबै सम्भावित तरिकामा काम गर्न महत्वपूर्ण छ। जसमा तपाईं कर्मचारीहरुका लागि सहयोगी हुन सक्नुहुन्छ। यदि तपाइँ कर्मचारीहरुलाई महत्व दिनुहुन्छ भने उनीहरुलाई उत्कृष्ट परिणामहरु उत्पादन गर्न उत्प्रेरित गर्नेछ। ‘त्यसैले कर्मचारी र कम्पनी एकजुट हुनुपर्छ’, टाटा भन्छन्, ‘कुनै पनि संकटको समाधान खोज्न एकजुट हुन जरुरी छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij