२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महासंघ वाग्मती प्रदेश कार्यालयको हेटौँडामा शिलान्यास

महासंघ वाग्मती प्रदेश कार्यालयको हेटौँडामा शिलान्यास

1.5K
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हेटौँडामा महासंघ वाग्मती प्रदेश कार्यालयको शिलान्यास गरेका छन् । कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरएिको छ । व्यावसायिक निर्माण सम्पन्न भएपश्चात् आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलनको सुविधा उपलब्ध हुने छ । उद्यमीहरू, स्टार्टअपहरू र स्थापति व्यवसायहरूले यी सुविधामार्फत व्यापार तथा व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, सहकार्य एवं सञ्जालका लागि प्रयोग गर्न सक्छन् ।

समारोहमा महासंघका अध्यक्ष ढकालले व्यापार प्रवर्धन र नेटवर्कङिको हब बन्ने लक्ष्य राखेको बताए । यसले स्थानीय उद्यमहरू र अन्तर्राष्ट्रिय साझेदारहरूबीचको सम्बन्धलाई बढावा दिन व्यापार मेलाहरू, उद्योग विशेष कार्यक्रमहरू र वाणिज्य शिखर सम्मेलनहरू आयोजना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij