२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सितापाईला घटना अपडेट : श्रीमानको शब पनि जंगलमा भेटियो

सितापाईला घटना अपडेट : श्रीमानको शब पनि जंगलमा भेटियो

3K
Shares

काठमाडौं – काठमाडौको सितापाईलामा तीन जनाको शव फेला परेको घटनामा थप एक जनाको पनि शब फेला परेको छ ।   राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।  सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो । मृतक ईश्वरी श्रेष्ठको श्रीमान भएको प्रहरीको भनाई छ ।

परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । यस अघि घरको कोठाभित्र एक महिला र दुई बच्चाको शव फेला परेको थियो। प्रहरीले थप अनुशन्धान अघि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij