काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको छ। बिहान पत्रकार सम्मेलन गरी अर्थ मन्त्रालयले सो जानकारी दिएको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो।
सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब छ। योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij