२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

रसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

1.3K
Shares

काठमाडौं- रसिया पठाइदिन्छु भन्दै १ लाख ६५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा उदयपुर उदयपुरगडी गाउँपालिका-९ ध्वासे फुलबारी घर भई काठमाडौं स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले २ जनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाई कन्स्ट्रक्सनमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij