काठमाडौँ – स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने तयारीमा लागेको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ । बोर्डको अनुमति पश्चात कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउनेछ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न।पा। वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij