काठमाडौं – सोमबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।
आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij