काठमाडौं – सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने लगायतको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।
बैठकले सरकारले राष्ट्रिय योजना आयोगको सदस्य पदमा रौटहतका उमाशङ्कर प्रसादलाई नियुक्त गरेको छ । त्यसैगरी नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक सदस्य विक्रम राईलाई नियुक्त तथा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँका डा साहरा श्रेष्ठलाई मनोनयन गरेको छ ।
बैठकले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाई छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij