काठमाडौं – मंगलबार नेप्से परिसूचक आज १४.८८ अंकले बढेर २११९.६१ को विन्दुमा बन्द भएको छ। यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः ७५ करोड २७ लाख रुपैयाँ, ङादी ग्रुप पावरः २२ करोड २० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीः २० करोड ७८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरः १४ करोड ९७ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरः १३ करोड ४९ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सः १२ करोड ८९ लाख रुपैयाँ, युनिभर्सल पावरः ११ करोड ७४ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः १० करोड २४ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः १० करोड ११ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ९ करोड २८ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij