काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो। रिलायबल नेपाल लाइफले साधारण सभा तथा लाभांश वितरण र अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले रिलायबल नेपाल लाइफको १६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ। त्यसैगरी, नेप्सेले यस दिन अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको शेयरमूल्य १९० रुपैयाँ १० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा रिलायबल नेपाल लाइफको शेयरमूल्य ५७७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो भने अरुण भ्यालीको २८० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij