२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा संचालनमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा संचालनमा

1.3K
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आज बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ललितपुर महानगरपालिका १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको हो ।

नयाँ शाखाहरुबाट आज बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे ।

कार्यक्रममा सिईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो ।

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्पmत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij