काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ को विन्दुमा बन्द भएको छ। आज ३ अर्ब ७६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यो दिन ९१ वटा कम्पनीको शेयरभाउ बढ्दा १४१ कम्पनीका शेयरभाउ घटेको छ भने १५ वटाको स्थिर रहेको छ।
आज उच्च कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः २८ करोड ६७ लाख रुपैयाँ, ङादी ग्रुप पावरः १९ करोड ६५ लाख रुपैयाँ,अरुण काबेली पावरः ९ करोड १८ लाख रुपैयाँ, अपी पावरः ९ करोड ८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ७४ लाख रुपैयाँ, माउन्टेन इनर्जीः ७ करोड १२ लाख रुपैयाँ
रिलायबल नेपाल लाइफः ७ करोड ६ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ६ करोड ९६ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ६ करोड ८५ लाख रुपैयाँ,नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयरः ६ करोड ७९ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij