२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रियसभा निर्वाचनको मतदान सुरू

राष्ट्रियसभा निर्वाचनको मतदान सुरू

550
Shares

काठमाडौं– आज राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ। सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो। मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।

रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू गरी आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता हुन्। निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ।

निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ। कोशीमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन्। यस्तै, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij