२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

1.3K
Shares

काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव २४ अंकले घटेर २,१५५ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । शेयर बजारमा आज हिमालयन रिइन्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ३० करोड १८ लाख रुपैयाँ, ङादी ग्रुप पावरः २३ करोड ४९ लाख रुपैयाँ, रिडी पावरः १६ करोड ९८ लाख रुपैयाँ, नेपाल वेयरहाउजिङः १५ करोड २८ लाख रुपैयाँ, गरिमा डिबेन्चरः १३ करोड ६२ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः १३ करोड २१ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ८० लाख रुपैयाँ, माउन्टेन इनर्जीः १२ करोड २२ लाख रुपैयाँ, निफ्राः ११ करोड ३० लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij