२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विश्वविद्यालयले २०५८ सालयता मास्टर पढेकालाई थेसिस बुझाउने अन्तिम मौका

त्रिभुवन विश्वविद्यालयले २०५८ सालयता मास्टर पढेकालाई थेसिस बुझाउने अन्तिम मौका

2.1K
Shares

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले २०५८ सालयता स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई थेसिस बुझाउन अन्तिम मौका प्रदान गरेको छ। त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजशास्त्र संकायले अन्तिम पटकका लागि मौका दिएको हो।
स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा पास भएका तर, थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम एक पटक मौका दिएको हो। त्रिवि प्राज्ञिक परिषद्को पुस २५ गते बसेको बैठकले २०८१ असार मसान्तसम्ममा बुझाउन भनेको हो ।

स्नातकोत्तर तह र एम।फिल तहको सैद्धान्तिक परीक्षा पास गरिसकेका विद्यार्थीका लागि स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गत सैद्धान्तिक विषय पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेकाहरूलाई यस्तो मौका प्रदान गरेको हो।
२०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक सम्मिलित भएका र सो पछि भर्ना भई समय सीमा काटेकाहरू तथा सेमेस्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेको परीक्षार्थीहरूले मात्र २०८१ असार मसान्त भित्रका समय दिएको हो ।
एम.फिल तहका परीक्षार्थीहरूको हकमा २०६८ सालमा भर्ना भई समय सीमा काटेकाहरुले उक्त अवसर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij