काठमाडौं बैंकहरुले व्याजदर घटाइरहेको समयमा नबिल बैंक लिमिटेडले पनि ब्याजदर घटाएको छ। बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.१ प्रतिशतदेखि अधिकतम ६.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले नबिल प्रिमियम रेमिटेन्स बचत खातामा ७.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij