काठमाडौं -सन सेक्युरिटिज प्रालिले कलेजका विद्यार्थीलाई सेयर बजारसम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिजले ग्लोबल कलेज र एपोलो कलेजका बीबीए तहका विद्यार्थीहरूलाई सेयर बजारसम्बन्धी तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रममा ग्लोबल कलेजका बीबीए तहका करिब १५० र एपोलो कलेजका ५० जना बीबीएका विद्यार्थीहरूको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
तालिम कार्यक्रममा नेपालको सेयर बजारको आधारभूतपक्ष, नेपालको सेयर बजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरू, व्यवस्थापन तथा प्राविधिक विश्लेषणबारे तालिम प्रदान गर्नुका साथै विद्यार्थीहरूसँग भएका सेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।
तालिम कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट सुशिल भट्टराई र सैयम बज्राचार्यले तालिम प्रदान गरेका थिए । कार्यक्रमको संयोजन सन सेक्युरिटिजका सैयम बज्राचार्यले गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij