२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँच महीनामै ६ खर्बभन्दा बढी भित्रियो विप्रेषण

पाँच महीनामै ६ खर्बभन्दा बढी भित्रियो विप्रेषण

745
Shares

काठमाडौं – चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो पाँच महीनामा ६ खर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांकअनुसार यो अवधिमा विप्रेषणमार्फत ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ नेपाल भित्रिएको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij