काठमाडौं – आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोली पुस २० गते बुकक्लोज गर्दैछन् । त्यसकारण आजसम्म नेप्सेका कारोबार भए कायम शेयरधनीहरुले यी कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
बोटलर्स नेपाल (तराई) ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौंमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ बजे शुरु हुनेछ। सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २९ औँ वार्षिक साधारण सभा गर्दैछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij