२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मौलाकाली केबलकारले आईपीओ निष्कासन गर्ने

मौलाकाली केबलकारले आईपीओ निष्कासन गर्ने

655
Shares

काठमाडौं – मौलाकाली केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। सोही प्रस्तावसहित कम्पनीले आगामी पुस २७ गते शुक्रबार सातौं वार्षिक साधारणसभामा आह्वान गरेको हो ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैंडाकोट, नवलपरासीमा विहान ९ बजेदेखि सुरु कम्पनीले जनाएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभामा नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij