२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एयरलाइन्सको आम्दानी १४४ प्रतिशतले बढ्यो

नेपाल एयरलाइन्सको आम्दानी १४४ प्रतिशतले बढ्यो

1.8K
Shares

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा १४४ प्रतिशतले वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ४५ रुपैयाँ थियो ।

आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको निगमको आम्दानी आव २०७९/८० भने २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ पुगेको अनुमान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले बढाएको पनि दाबी गरेको छ ।

विगत ८ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन्। निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात उपलब्ध भएका जहाज तथा साधनस्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि हुने निगमले जनाएको छ।

हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij