काठमाडौं– जय देवकोटा र टिका पुनको आवजमा रहेको देशै शुन्य लाग्न थाल्यो बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत पनि जय देवकोटाकै रहेको छ । म्युजिक भिडियोमा उषा सुवेदीको साथमा गायक देवकोटाको पनि अभिनय रहेको छ । मदन खड्का निर्देशन रहेको भिडियोलाई चक्रबहादुर बरालले छायांकन गरेका हुन भने अनिल रानाको
सम्पादन रहेको छ ।
म्युजिक भिडियोमा देशमा हाल भई रहेको युवा पलायनको कथालाई प्रस्तुत गर्न खोजिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij