काठमाडौं – उदयपुरको उदयपुरगढी गाउँपालिका–७, हाडेबासबाट १६ किलो ३३० ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको छ । गाँजासहित प्रहरीले दुईजनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रौतामाई गाउँपालिका–४, मालवासे बस्ने ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij