काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय गरेको हो। साधारणसभा काठमाडौंको कान्तिपथस्थित होटेल एल्लो प्यागोडामा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न उचित देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसँगै वित्तीय विवरण पनि स्वीकृत गर्नेछ। सभाले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश भने प्रस्ताव पेस गरिने छैन।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ६ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij