काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।
सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
केही दिन अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४केजि सुन बरामद गरिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij