काठमाडौं – ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यस अघि उनी कामु सिइओको भुमिकामा रहेका थिए । सिए पनि रहेका ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।
यसअघि ढकाल हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij