२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको साधारण सभाको मिति परिर्वतन

नबिल बैंकको साधारण सभाको मिति परिर्वतन

900
Shares

काठमाडौँ – नबिल बैंक लिमिटेडको ३९ औँ वार्षिक साधारण सभाको मिति फेरबदल भएको छ । बैंकले पुस १३ गते बोलाएको साधारण सभाको मिति सारेको हो ।

बैंकले एक दिन अगाडि सार्दै सभा अब पुस १२ गते आर्मी अफिसर्स क्लब भद्रकाली–काठमाडौंमा बिहीबार बिहान १० बजे सुरु गर्ने जनाएको छ । उक्त सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले मङ्सिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । अर्थात् मङ्सिर २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । आर्थिक वर्ष २०८।८१ का लागि लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि उक्त सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij