काठमाडौं – सिटिजन्स बैंकले काठमाडौँको टेकुमा १८९ औँ शाखाको रूपमा आफ्नो सेवा विस्तार गरेको छ । यससँगै काठमाडौँ उपत्यका भित्र सिटिजन्स बैंकको ३७ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।टेकुमामा आयोजित एक कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष श्री प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झौता नगरी बैंकले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैंक शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
टेकुमा अबस्थित यस शाखा मार्फत लकर सेवा, ए.टी.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा ए।टी।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १६ लाख ७५ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij