२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

1.9K
Shares

काठमाडौं- माछापुच्छ्रे बैंकमा सञ्चालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । आज बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएसँगै सो जिम्मेवारी केसीलाई नियुक्त गरेको हो । केसी विगत ९ वर्ष देखि बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुष २० यसै बैंकका अध्यक्ष समेत रहेका थिए ।

हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij