काठमाडौं – आशा लघुमिवत्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र केन्द्रीय कमर्यालय बनेपा १३ साँगामा आफुले खरिद गर्ने सेयर कित्ताको मूल्य तथा सख्या खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij