काठमाडौं– ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्। उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । ।
योसँगै यस प्रकरणमा पक्राउ परेका २१ जना सिआइबीको हिरासतमा छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij