२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएसएलका लागि पञ्जाबमा किरण चेम्जोङ अनुबन्ध

आईएसएलका लागि पञ्जाबमा किरण चेम्जोङ अनुबन्ध

565
Shares

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध भएका छन् । भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको छ ।

पञ्जावले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध गरेको छ । नयाँ सिजनको आईएसएल २०२३ सेप्टेम्बरदेदिख २०२४ मार्च सम्म चल्नेछ । पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आईएसएल खेल्ने टोलीले उसियन उकसहित ६ विदेशी खेलाडी टिममा राख्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij