२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरपालिका वडा २ कार्यालय भवन उद्घाटन

टोखा नगरपालिका वडा २ कार्यालय भवन उद्घाटन

1.6K
Shares

काठमाडौं– टोखा नगरपालिका वडा नम्बर २ तलेजु परिसरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
शुक्रबार नवनिर्मित भवनको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसी, वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, पूर्ववडा अध्यक्ष दिपकराज जोशी, पूर्वप्रदेश सांसद दिपक निरौला लगायतको उपस्थिती रहेको थियो ।

भवनको उद्घाटन कार्यक्रमा बोल्दै नगरप्रमुख अधिकारीले जनताकाृ सेवा प्रवाहमा नयाँ भवन निर्माणले महत्वपूर्ण भुमिका खेल्ने बताए । नगरपालिका भित्रका प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको उनले बताए ।

उप– प्रमुख मुरारी तामाङले सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गरे । टोखा नगरपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला, बालबाालिका, जेष्ठनागरिक जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको उपप्रमुख तामाङले स्पष्ट पारे ।


प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजना अनुरुप वडा कार्यालयको आफ्नै भवन निर्माण गरिएको बताए । उनले कर्मचारीहरुलाई सुविधा सम्पन्न भवनको पूर्ण रुपमा प्रयोग गरी आमनागरिकलाई सेवा दिन निर्देशन दिए ।
कार्यक्रममा बोल्दै वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले सहज सेवाप्रवाहको माध्यम भनेकै भवन भएकाले नवनिर्मित भवनबाट अब सहज सेवा प्रवाह गर्न सकिने बताए । उनले आफ्नै भवन निर्माण भएकाले खुशी व्यक्त गर्दै अब वडावासीले सेवालिन आउँदा दुःख भोग्नु नपर्ने बताए ।

कार्यक्रममा टोखा नगरपालिका –२ का निवर्तमान अध्यक्ष दिपकराज जोशीले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने भन्दै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले अब सहज रुपमा सेवा प्राप्त गर्ने बताए । उनले यस अघि साँघुरो भवनबाट सेवा प्रवाह गरिरहनु परेकोले सेवाप्रवाह समेत चुस्त हुन नसकेको अवस्थामा आफ्नो कार्यकालमा भवन निर्माण कार्यको थाल्नी भएको बताए । अब कर्मचारी र सेवाग्राहीलाई सहज हुनेमा विश्वास जोशीले गरे ।
वडा नम्बर ४ र ६ का वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ र शान्ता पौडेलले नयाँ भवन निमार्ण सम्पन्न भएकोमा बधाई दिँदै आमनागरिकलाई गुणस्तरीय सेवा दिन सकोस भनि शुभकामना दिए ।


२०७९ भाद्र २७ गते निर्माण सम्झौता भएको वडा कार्यालय भवनको निर्माण लागत स्टिमेट एक करोड ४५ लाख र कुल खर्च एक करोड ७ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij