काठमाडौं- धितोपत्र बजारमा नयाँ सात ब्रोकर कम्पनीहरूले बिहीवारदेखि कारोबार सुरू गरेका छन् । नेप्सेको सदस्यता लिइसकेका सात ब्रोकर कम्पनीहरू गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडले औपचारिक रूपमै कारोबार सुरू गरेका हुन् ।
लाइभ कारोबारमा जानु अघि यी कम्पनीहरूले परिक्षण कारोबार समेत गरेका थिए । नेपाल धितोपत्र बोर्डले पहिलो चरणमा जेठ ८ गते यी सात कम्पनीहरूलाई ब्रोकर लाईसेन्स वितरण गर्ने निर्णय गरेको थियो । नेप्सेको सदस्यता भने यी कम्पनीहरूले असार २० गतेको निर्णय अनुसार प्राप्त गरेका हुन । बोर्डबाट हालसम्म १८ कम्पनीहरूले ब्रोकर लाईसेन्स प्राप्त गरिसकेका छन् भने अझै २५ कम्पनी लाईसेन्सको प्रतिक्षामा रहेका छन् ।
ब्रोकर लाईसेन्स पाउने १८ कम्पनीमध्ये एक कम्पनी पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा रहेको छ भने बाँकी १० कम्पनीले नेप्सेको सदस्यताका लागि आशयपत्र समेत पाईसकेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij