२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बरुण हाइड्रोपावरले बोलायो विशेष साधारण सभा

बरुण हाइड्रोपावरले बोलायो विशेष साधारण सभा

755
Shares

काठमाडौं- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले साउन १४ गते, आइतबार, लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा दिनको १ बजे शुरु हुनेछ।

सभाले विद्युत नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन ५ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार साउन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij