२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

600
Shares

काठमाडौं-नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij