२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २८ अंकले बढ्यो

नेप्से २८ अंकले बढ्यो

775
Shares

काठमाडौं – साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ । बिहीबार स्थिर रहेको नेप्से आज २८.३८ अंकले बढेर २०७७.७६ को विन्दुमा पुगेको छ ।
आज २८७ धितोपत्रको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले बढेर ३८८.५१ कायम भएको छ । आज १३ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको ४.६३ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij