२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्रोत नखुलेको १० लाख नगदसहित एक जना पक्राउ

स्रोत नखुलेको १० लाख नगदसहित एक जना पक्राउ

1.1K
Shares

महोत्तरी – जलेश्वर नगरपालिका ३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी ५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij