२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

905
Shares

काठमाडौं – बिहीबार सुनको मूल्य बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार सात सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख १० हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार तीन सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij